क्रियाशील सदस्यताको काम थाल्न जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन « Khabarhub

क्रियाशील सदस्यताको काम थाल्न जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यतासम्बन्धी काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिहरुले क्रियाशील सदस्यतासम्बन्धी काम नगरेको गुनासो केन्द्रमा आएपछि महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

‘अधिकांश जिल्लाहरूमा क्रियाशील सदस्यता कार्ड वितरण नभएको, विधानबमोजिम सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य समेत सुचारु नभएको भन्ने जानकारी प्राप्त भएको छ,’ थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त हुनासाथ जिल्ला कार्यसमितिको बैठक राखी क्रियाशील सदस्यता कार्ड वितरण, नवीकरण र नयाँ सदस्यता वितरणको काम तत्काल सुचारु गर्न, गराउन निर्देश गरिन्छ ।’

उनले विधानबमोजिम गर्नुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम नगरे विधानबमोजिम वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम अगाडि बढाइनेभन्दै जिल्ला सभापतिहरूलाई सचेतसमेत गराएका छन् ।

‘विधानबमोजिम गर्नुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम नगरेमा वा गर्न आलटाल गरेमा, कुनै अवरोध गर्ने काम भएका विधानबमोजिम आवश्यक वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम अगाडि बढाइने जानकारी समेत गराइन्छ,’ महामन्त्री थापाद्वारा जिल्लाहरूमा पठाइएको पत्रमा भनिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता कार्ड, क्रियाशील सदस्यता नवीकरण फारम र नयाँ क्रियाशील सदस्यता फारम यसअघि नै पठाइसकिएको थियो । कांग्रेसको विधानले क्रियाशील सदस्यता (नयाँ र नवीकरण) वितरणका सम्बन्धमा निश्चित प्रक्रिया र जिम्मेवारी तोकेको छ ।

‘जिल्लामा प्राप्त कार्डहरू मातहतका कार्यसमितिमार्फत क्रियाशील सदस्यलाई उपलब्ध गराउन तथा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित तहलाई फारम उपलब्ध गराई सो को जानकारी र नयाँ क्रियाशील सदस्यता २५ प्रतिशत पठाएकोमा सो को वितरणको अवस्था र नयाँ क्रियाशील सदस्यता फारम चप आवश्यक भएमा वा अन्य कुनै समस्या भएमा सो समेत खुलाई अविलम्ब केन्द्रीय कार्यालयलाई जानकारी गराउनु होला,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : १२ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल