मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस « Khabarhub

मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो ढुंगो खसेको छ ।

पहराबाट खसेको ढुंगो लागेको बस अनियन्त्रित भएर एउटा यात्रु बस सडकमै पल्टिएको छ ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा उक्त बस पल्टिएको हो ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेपछि सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

करिब २५ जना यात्रु सवार रहेको उक्त बसमा पहराबाट झरेको ढुंगा बजारिएपछि चालक अत्तालिएका थिए, त्यहीकारण बस सडकमा पल्टिएको हो ।

बस सडकमै पल्टिँदा त्यसमा सवार १९ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी भरतपुरका अस्पतालहरूमा लगिएको रिजालले जानकारी दिए ।

घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रिजालले बताएका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : २६ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ