मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस « Khabarhub

मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो ढुंगो खसेको छ ।

पहराबाट खसेको ढुंगो लागेको बस अनियन्त्रित भएर एउटा यात्रु बस सडकमै पल्टिएको छ ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा उक्त बस पल्टिएको हो ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेपछि सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

करिब २५ जना यात्रु सवार रहेको उक्त बसमा पहराबाट झरेको ढुंगा बजारिएपछि चालक अत्तालिएका थिए, त्यहीकारण बस सडकमा पल्टिएको हो ।

बस सडकमै पल्टिँदा त्यसमा सवार १९ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी भरतपुरका अस्पतालहरूमा लगिएको रिजालले जानकारी दिए ।

घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रिजालले बताएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : २६ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक