पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक « Khabarhub

पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्टस अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भाद्र २८ गते हुने अवार्डका लागि पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् ।

२१ औं संस्करणको स्पोर्टस अवार्डमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले जनाएको छ ।

कार्यक्रममा अवार्डका लागि भोटिङ पार्टनरमा इसेवासँग एनएसजेएफले सम्झौता नवीकरण गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : २५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका