हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला « Khabarhub

धौलागिरि हिमालमा हिमपहिरो

हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला

प्रजिअ भन्छन्‌- ‘सशस्त्रको टोली जाँदैछ’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित धौलागिरि प्रथम (८,१६७ मिटर) हिमालको काखमा रहेको हिउसहितको विशाल थुप्रो (पर्माफ्रोस्ट) फुट्दा हिमपहिरो (एभालान्स) चलेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेतिर हिमपहिरो गएको हो । हिउँसहितको गेग्रान (डेब्रिज) ले स्थानीय बोक्सी खोला भरिँदा एभालान्स ल्याण्डस्लाइड ड्याम (बाँध) ले बहाव नै रोकिएको छ ।

तीन घण्टा अघिदेखि खोला थुनिँदा घट्टेखोला किनार कोबाङका स्थानीय बासिन्दाले थाततलो छाडेका छन्‌ । घट्टेखोलाको पानी बोक्सीखोला हुँदै कालीगण्डकी नदीमा मिसिन्छ ।

‘दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको काखबाट हिमपहिरो झरेको हो, शुरूमा घट्टे खोलाले हिउँका टुक्रा नै बगाएर ल्याएको थियो, तर पछि खोला थुनिएर पानी बग्न ठप्पै छ,’ थासाङ-२ का वडासदस्य एवम्‌ स्थानीय होटल व्यवसायी भीमप्रसाद थकालीले भने, ‘ड्रोन उडाएर हेर्दा करिब छ किलोमिटर माथि ल्याण्डस्लाइड ड्याम बनेको देखिन्छ ।’

धौलागिरि प्रथम र टुकुचे पीकको बीचमा रहेको हिउँको विशाल पर्माफ्रोस्ट । तस्बिरः गुगल अर्थ

अहिलेसम्म कुनै क्षतिको जानकारी प्राप्त नभएको, तर हिमपहिरोले थुनेको खोला कतिबेला फुट्ने हो भन्ने डरले आफूहरू विस्थापित भएको थकालीले बताए ।

हिमपहिरो गाईबस्तु चराउने ठाउँ छिप्लुङसम्म आइपुगेकाले पशुधनमा केही क्षति पुगेको हुनसक्ने गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्‌ । हिमपहिरोले घट्टेखोलामा बनाएको ताल एकैपटक फुटे कोबाङ बेलिब्रिज नजिक तटीय क्षेत्रमा रहेका करिब एक दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त हुने जोखिम छ ।

प्रजिअ भन्छन्‌- ‘सशस्त्र प्रहरीको टोली पठाएका छौँ’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो गएको क्षेत्रतर्फ अर्धसैनिक सशस्त्र प्रहरी बल (एपीएफ) टोली पठाएको जानकारी दिएका छन्‌ ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘क्षति भैहालेको छैन, हिमपहिरो गए पनि स्थिति सामान्य नै छ । घटनाबारे बुझ्न र सम्भावित जोखिमबाट स्थानीयबासीलाई तथा तटीय क्षेत्रका बासिन्दालाई जोगाउन सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ खटाइएको छ ।’

स्थानीयबासीले घट्टेखोलाबाट करिब पाँच किलोमिटर माथि ताल थुनिएको बताएपनि प्रजिअ पन्तले भने बोक्सेखोलाभन्दा करिब एक किलोमिटरमाथि हिमपहिरो गएको जानकारी प्राप्त भएको बताएका छन्‌ ।

भिडियोः

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०७ बजे

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

काठमाडौं– सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले