भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने « Khabarhub

भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने भएको छ । भारतको छत्तिसगढ राज्यको कोरबा जिल्लास्थित काटघोरा क्षेत्रमा लिथियम खानी सञ्चालनमा आउने भएको हो ।

टाइम्स अफ इण्डियाका अनुसार भारतीय भौगर्भिक सर्वेक्षणले सो क्षेत्रमा लिथियम भण्डारण रहेको पुष्टि गरेसँगै खानी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सो क्षेत्रको २ ससय ५० हेक्टर क्षेत्रफलमा १० देखि २ हजार पाट्र्स पर मिलियन (पीपीएम) लिथियम रहेको भौगर्भिक सर्वेक्षणले पुष्टि गरेको छ ।

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रिका लागि लिथियम निकै महत्त्वपूर्ण पदार्थ मानिन्छ । पछिल्ला केही वर्षयता विश्व बजारमा लिथियमको मागमा पनि उच्च वृद्धि भएको छ ।

छत्तिसगढ राज्य खनिज पदार्थका लागि भारतभर चर्चित । आर्थिक वर्ष सन् २०२३–२४ मा मात्रै छत्तिसगढ राज्यले खानीबाट १३ हजार करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ४८ बजे

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन