भोजपुरमा रामप्रसाद राई गाउँपालिका उत्कृष्ट, भोजपुर नगरपालिका सबैभन्दा कमजोर | Khabarhub Khabarhub

भोजपुरमा रामप्रसाद राई गाउँपालिका उत्कृष्ट, भोजपुर नगरपालिका सबैभन्दा कमजोर


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्बजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा भोजपुरका ९ मध्ये रामप्रसाद राई गाउँपालिका उत्कृष्ट बनेको छ ।

यो गाउँपालिकाले दश वटा सूचकमा औसत कुल ८०.२५ अंक प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अंक प्राप्त गरी दोस्रो बन्न सफल भएको छ ।

यस्तैगरी ट्याम्केमैयुङ गाउँपालिकाले ७१.५० अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अंक ल्याएको छ । साल्पासिलिछो गाउँपालिकाले ७०.२५ अंकका साथ पछ्याएको छ ।

त्यसपछि छैटौंमा आमचोक गाउँपालिकाले ६७.७५अंक प्राप्त गर्दा सातौँ हुने स्थानीय सरकारमा ६७.५० अंकका साथ हतुवागढी गाउँपालिका परेको छ ।

जिल्लाका दुईवटा नगरपालिकाको औसत अंक गाउँपालिकाहरुको भन्दा तल छ । षडानन्द नगरपालिकाको अंक ६६.७५ रहेको छ । भोजपुर नगरपालिकाको अंक सबैभन्दा कम ५२.२५ छ ।

उत्कृष्ट रामप्रसादले कुल दश सूचकमध्ये शासकीय प्रबन्धमा ८.२५, संगठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा १०.५, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १३.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेशीकरणमा ८.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.७५ र सहकार्य एवम् समन्वयमा ६ अंक प्राप्त गरेको छ ।

यसैगरी दोस्रो हुने पौवादुङ्माले दश सूचकहरुमध्ये शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ८.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य एवम् समन्वयमा ५.५ अंक प्राप्त गरेको छ ।

समग्रमा भोजपुर जिल्लामा भोजपुर नगरपालिकाको प्राप्ताङ्क सबैभन्दा कम रहेको देखिएको छ भने त्यसपछि षडानन्द नगरपालिकाको संस्थागत क्षमता मुल्याङ्कन अंकसमेत अरुको भन्दा न्यून छ । गाउँपालिकामध्ये हतुवागढीको प्राप्तअंक अरुको भन्दा कम छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५५ बजे

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौं– सरकारले काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै