भोजपुरमा रामप्रसाद राई गाउँपालिका उत्कृष्ट, भोजपुर नगरपालिका सबैभन्दा कमजोर « Khabarhub

भोजपुरमा रामप्रसाद राई गाउँपालिका उत्कृष्ट, भोजपुर नगरपालिका सबैभन्दा कमजोर


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्बजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा भोजपुरका ९ मध्ये रामप्रसाद राई गाउँपालिका उत्कृष्ट बनेको छ ।

यो गाउँपालिकाले दश वटा सूचकमा औसत कुल ८०.२५ अंक प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अंक प्राप्त गरी दोस्रो बन्न सफल भएको छ ।

यस्तैगरी ट्याम्केमैयुङ गाउँपालिकाले ७१.५० अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अंक ल्याएको छ । साल्पासिलिछो गाउँपालिकाले ७०.२५ अंकका साथ पछ्याएको छ ।

त्यसपछि छैटौंमा आमचोक गाउँपालिकाले ६७.७५अंक प्राप्त गर्दा सातौँ हुने स्थानीय सरकारमा ६७.५० अंकका साथ हतुवागढी गाउँपालिका परेको छ ।

जिल्लाका दुईवटा नगरपालिकाको औसत अंक गाउँपालिकाहरुको भन्दा तल छ । षडानन्द नगरपालिकाको अंक ६६.७५ रहेको छ । भोजपुर नगरपालिकाको अंक सबैभन्दा कम ५२.२५ छ ।

उत्कृष्ट रामप्रसादले कुल दश सूचकमध्ये शासकीय प्रबन्धमा ८.२५, संगठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा १०.५, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १३.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेशीकरणमा ८.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.७५ र सहकार्य एवम् समन्वयमा ६ अंक प्राप्त गरेको छ ।

यसैगरी दोस्रो हुने पौवादुङ्माले दश सूचकहरुमध्ये शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ८.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य एवम् समन्वयमा ५.५ अंक प्राप्त गरेको छ ।

समग्रमा भोजपुर जिल्लामा भोजपुर नगरपालिकाको प्राप्ताङ्क सबैभन्दा कम रहेको देखिएको छ भने त्यसपछि षडानन्द नगरपालिकाको संस्थागत क्षमता मुल्याङ्कन अंकसमेत अरुको भन्दा न्यून छ । गाउँपालिकामध्ये हतुवागढीको प्राप्तअंक अरुको भन्दा कम छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि