पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना « Khabarhub

पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा यस वर्षको मध्यसम्म १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना भएको पाइएको छ । पाकिस्तानको गैर सरकारी संस्था साहिलले जारी गरेको प्रतिवेदनमा यस वर्षको मध्यसम्म १ हजार ६ सय ३० वटा बाल दुर्व्यवहारका घटना भएको उल्लेख छ ।

यीमध्ये ८ सय ६२ घटना बाल यौन दुर्व्यवहारसँग सम्बन्धित छन् भने ६ सय ६८ घटना अपहरणसँग सम्बन्धित रहेको जनाइएको छ । त्यसैगरी, १८ वटा बालविवाहका घटना भएको र ४८ वटा बालबालिकासँग सम्बन्धित अश्लील चलचित्रका घटना भएका छन् ।

प्रतिवेदनका अनुसार ९ सय ६२ अर्थात् ५९ प्रतिशत घटनामा बालिका पीडित भएका छन् भने ६ सय ६८ अर्थात् ४१ प्रतिशत घटनामा बालक पीडित भएका छन् ।

यस वर्षको जनवरीदेखि जुन महिनासम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय अखबारमा आएका समाचारका आधारमा साहिलले यो प्रतिवेदन जारी गरेको हो । साहिल सन् १९९६ देखि पाकिस्तानमा बालबालिकाको हितमा सक्रिय छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : ५७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका