अन्तर्राष्ट्रिय

 अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने

By खबरहब

August 23, 2024

काठमाडौं– दक्षिण प्रशान्त महासागरमा चीनको प्रभाव बढ्दै जाँदा अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने भएको छ । अमेरिकाले आउँदो अक्टोबर १ देखि गुआममा स्थायी रुपमा यूएसएस मिन्नेसोटा तैनाथ गर्ने भएको हो ।

आणविक ऊर्जाबाट सञ्चालन हुने उक्त पनडुब्बी हाल हवाईमा तैनाथ रहेको छ । नयाँ पनडुब्बीको तैनाथीसँगै सो क्षेत्रमा अमेरिकी नौसेनाको आक्रामक क्षमता थप सुदृढ हुने अमेरिकी प्यासिफिक फ्लिट सबमरिन फोर्सका प्रवक्ता लेफ्टिनेन्ट कमाण्डर रिक मोरले बताएका छन् ।

मार्क ४८ टोरपेडो, जमिनमा मार हान्न सक्ने तोमाहक क्रुज क्षेप्यास्त्र जडित रहेको यस पनडुब्बीले पनडुब्बी युद्ध, सतहका जहाजविरुद्धको युद्ध र स्थल युद्ध पनि लड्न सक्ने जनाइएको छ । त्यसबाहेक निगरानी र सेनाको विशेष अभियानमा पनि यस पनडुब्बीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।