कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ « Khabarhub

कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टीलाई भारत भ्रमणबारे जानकारी गराएकी छन् । स्वदेश फर्किएको भोलिपल्ट (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठकमा उनले भारत भ्रमणबारे जानकारी गराएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाले बैठकमा भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको बताइन् । नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी थिइन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले भ्रमणबाट दुई मुलुकबीचको मैत्रीपूर्ण, सहयोगी, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।

राणाले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव बैठकमा सुनाइन् ।

आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस. जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको उनले बताइन् ।

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको मन्त्री राणाले जानकारी बैठकलाई दिइन् ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको पनि जानकारी मन्त्री राणाले पार्टीलाई दिइन् ।

विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी-डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतबारे कुराकानी भएको उनले बताइन् ।

भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरुको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि मन्त्री राणाको भनाइ थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०७ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले