पार्टीलाई लोकप्रिय बनाउने गरि काम गर्छु : प्रकाशमान सिंह  « Khabarhub

पार्टीलाई लोकप्रिय बनाउने गरि काम गर्छु : प्रकाशमान सिंह 


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन्  ।

आज कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ ।

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरूको शिर उच्च हुने गरी काम गर्नेछु ,’ सिंहलाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए  ।

त्यस्तै फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् । कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै