दिल्लीमा जब आरजु र प्रचण्डपुत्रीको जम्काभेट भयो… « Khabarhub

दिल्लीमा जब आरजु र प्रचण्डपुत्रीको जम्काभेट भयो…


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूपि शेरचनले लेखेका थिए- नेपाल हल्लै हल्लाको देश हो । भूपिको  कवितालाई चरितार्थ बनाउँदै कहिलेकाहिँ नेपाली राजनीतिमा अनेक खालका हल्ला चल्ने गर्छन् ।

परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणमा पाएको प्रधानमन्त्री सरहको सम्मानबाट ‘एमाले बिच्किएको’ प्रचण्डलाई उधृत गर्दै काठमाडौंमा हल्ला चलेको छ । किनभने, प्रचण्डले आन्तरिक बैठकमा ‘एमाले बिच्किएको’ भनेका थिएनन्, ‘सरकार यसबारे जानकार नै होला’ मात्र भनेका थिए ।

यसैवीच, प्रचण्डपुत्री एवं भरतपुरकी मेयर रेणु दाहाल र गंगा दाहालसँग दिल्लीको शेराटन होटलमा भएको जम्काभेटलाई लिएर अर्को हल्ला चल्न थालेको छ । उनीहरुको भेटमा कतै राजनीतिक अर्थ त लुकेको छैन ? यस्तो प्रश्न उठ्न थालेको छ ।

कतिपयले आरजूसँगको प्रचण्डपुत्रीको भेटलाई कांग्रेस–एमालेको गठबन्धन फुटाउने कडीका रुपमा समेत व्याख्या गर्न भ्याएका छन् ।

दिल्लीमा कसरी भयो भेट ?

गत शुक्रबार मेयर रेणु र उनकी कान्छी बहिनी गंगा दाहाल दिल्ली गएका थिए । तीज आउन लागेको समयमा उनीहरु छोराछोरीलाई घुमाउन नितान्त व्यक्तिगत एवं पारिवारिक भ्रमणमा निस्केका थिए ।

छोराछोरी घुमाउन गएका दिदी-बहिनीको बास दिल्लीको शेराटन होटलमा थियो । त्यही क्रममा भारत भ्रमणमा पुगेकी परराष्ट्रमन्त्री आरजू राणा पनि आइतबार शेराटनमै बस्न पुगिन् । मन्त्री राणाको टोली भारत सरकारले आतिथ्यमा शेराटनमा बसेको हो । रेणु र गंगाको टोली भने आफ्नै खर्चमा होटल शेराटनमा बसेको स्रोतको भनाइ छ ।

‘रेणु र गंगा नितान्त पारिवारिक भ्रमणमा केटाकेटीहरुसँग दिल्ली जानुभएको हो,’ प्रचण्डको सचिवालय स्रोतले खबरहबसँग भन्यो, ‘उहाँहरुले नेपाली दूताबास वा भारत सरकारका अधिकारी कसैसँग सम्पर्क गर्नुभएको होइन, निजी भ्रमण गरेर सोमबार काठमाडौं फर्कनुभएको हो ।’

एउटै होटलमा बस्दा सामान्य भेट हुनु स्वाभाविकै भए पनि यो भेट एउटा संयोगमात्रै भएको दाहाल निकट स्रोतको दाबी छ ।

प्रचण्डको सचिवालयका एक सदस्य भन्छन्, ‘माओवादीको ध्यान अहिले सरकारतिर छैन, संगठन विस्तार गर्ने हो, ०८४ को चुनावलाई ०६४ सालको जस्तै बनाउने हो । कांग्रेस एमाले गठबन्धन भत्काउनेतिर हाम्रो कुनै कोशिस छैन ।’

यो पनि-
कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : २० बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट