फिल्म ‘मिसिङ’को गीत ‘हेर्दै जाऊँ’ : प्रेममा रमाइरहेका नाजिर र सृष्टि « Khabarhub

फिल्म ‘मिसिङ’को गीत ‘हेर्दै जाऊँ’ : प्रेममा रमाइरहेका नाजिर र सृष्टि


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक ३० गते प्रदर्शन मिति तोकिएको फिल्म ‘मिसिङ : केटी हराउको सूचना’को पहिलो गीत ‘हेर्दै जाऊँ’ सार्वजनिक भएको छ ।

उक्त गीतमा फिल्मका शीर्ष कलाकार नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको अभिनय रहेको छ ।

तराईको पृष्ठभूमिमा खिचिएको भिडियोमा नाजिर र सृष्टिलाई प्रेमी-प्रेमिकाका रुपमा प्रस्तुत गरिएको छ । उनीहरू गहिरोसँग प्रेम सम्बन्धमा रमाइरहेको देख्न सकिन्छ ।

यस गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर छ । शब्द र संगीत भने दीपेन्द्र गौचनको हो ।

यसअघि नै फिल्मको संवादरहित टिजर सार्वजनिक भएको थियो । त्यहाँ पनि नाजिर र सृष्टिको प्रेम देखाइएको थियो ।

फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललितादेवि मिश्रलगायतको अभिनय रहेको छ ।

अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम जारी छ । ट्री–सिटी पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मको निर्देशक दीपेन्द्र गौचन हुन् । गौचन आफैँले यो फिल्म लेखेका हुन् ।

फिल्मको निर्माता गौचन स्वयं हुन् भने कार्यकारी निर्माता नकिम उद्दिन रहेका छन् । नकिम क्यूएफएक्सका सञ्चालक हुन् ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ४५ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन