प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

राजनीति

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेको भेट

By खबरहब

September 23, 2024

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग भेट गरेका छन्।

राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालयमा उनीहरुको भेटवार्ता भएको हो।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए।