सन्दीप अर्धशतक बनाउन १ रनले चुकेको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित « Khabarhub

विश्वकप लिग-२

सन्दीप अर्धशतक बनाउन १ रनले चुकेको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ।

क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो।

सुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन। सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो।

यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए। उनी अर्धशतक बनाउन मात्र एक रनले चुकेका हुन्।

त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए। करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे। यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए। त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि दुई ब्याट्सम्यानले शानदार अर्धशतक बनाए। नवनीत धालिवालले ११३ बलको सामना गर्दै ८७ रन बनाउँदा र परगट सिंहले ८३ बलको सामना गर्दै ६४ रन जोडे। क्यानडाले नेपालले दिएको लक्ष्य पाँच विकेटको क्षतिमा ४२ ओभरमै पूरा गरेको हो।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सन झा, ललित राजवंशी र करण केसीले समान एकएक विकेट लिए। क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा क्यानडासँगै १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा