स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित निकालेको छ । गएराती भएको खेलमा भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्की र राफिन्हाले २–२ तथा पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि आयोज पेरेजले एक गोल फर्काएका थिए ।

यो जितसँगै बार्सिलोना ६ खेलबाट १८ अंकका साथ लिगको शीर्षस्थानमा छ । पराजित भएको भिल्लारियल ११ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ४४ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।