न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर) « Khabarhub

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भेटघाटमा व्यस्त छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका ओलीले महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आइतबार आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन्।

 

फ्युचर समिटलाई सम्बोधन गरे लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरे।

प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क। 

प्रधानमन्त्री ओेलीले मानव अधिकार उच्चायुक्तसँगको भेटवार्तापछि भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग भेट गरेका छन्। भुटानसँगको पुरानो सम्बन्ध र पछिल्लो सहकार्यको विषयमा केन्द्रित छलफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे।

त्यसैगरी प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको छ। उनीहरुबिच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री केपी ओेली र कुवेतका राजकुमारको भेट ।

कुवेतका राजकुमारसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको भेटवार्ता ।

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ०४ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति