न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर) « Khabarhub

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भेटघाटमा व्यस्त छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका ओलीले महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आइतबार आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन्।

 

फ्युचर समिटलाई सम्बोधन गरे लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरे।

प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क। 

प्रधानमन्त्री ओेलीले मानव अधिकार उच्चायुक्तसँगको भेटवार्तापछि भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग भेट गरेका छन्। भुटानसँगको पुरानो सम्बन्ध र पछिल्लो सहकार्यको विषयमा केन्द्रित छलफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे।

त्यसैगरी प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको छ। उनीहरुबिच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री केपी ओेली र कुवेतका राजकुमारको भेट ।

कुवेतका राजकुमारसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको भेटवार्ता ।

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै