संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड « Khabarhub

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजामती सेवा ऐन संसोधन, प्रहरी परिचालन सम्बन्धी ऐन र शिक्षा सम्बन्धी ऐन पारित गर्न सकिएमा सङ्घीयता कार्यान्वयनमा सहजता आउने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण गर्न नसकिँदा संवैधानिक समस्याहरू देखिने गरेको धारणा पनि राखे ।

सङ्घीय संसद्को वर्षे अधिवेशनमा नै धेरै उपलब्धिमूलक कामहरू भएपनि संविधान कार्यान्वयनका लागि चाहिने कानूनहरू निर्माण हुन नसकेको उनले बताए । 

उनले संविधान संसोधन गर्ने थलो संसद् नै भएकाले यसको विधि, प्रक्रिया, विषयबारे संसद्‌मा छलफल गरेर समिति बनाउन सकिने जानकारी दिए ।

त्यस्तै सभामुख घिमिरेले वर्षे अधिवेशनमा उपसभामुखको आचरण बारे सांसदहरुले कुरो उठाएको भएपनि यस बारे छलफल नभई संसद् अधिवेशन अन्त्य भएकाले आगामी अधिवेशनमा छलफल हुन सक्ने बताए ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने