जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी « Khabarhub

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’मा खटाएको छ । 

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ । 

यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव तथा कोसी प्रदेशमा सचिव राजकुमार राई र जयराम यादवलाई तोकिएको छ । पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यका साथै प्रदेश समितिसँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको तथा तोकिएका अभियानकर्मीले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । 

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज पाँचथरमा अभियानकर्मी अभिमुखीकरणको आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ । 

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि जसपा नेपालले काठमाडौँ, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा अभियानकर्मीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको ज

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ४९ बजे

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

काठमाडौँ– शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान

काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाअन्तर्गत बाँध निर्माणका

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

सुनसरी– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको

सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा