श्रीलंकामा अनुराले सत्ता सम्हाल्दै गर्दा पूर्वराष्ट्रपति राजापाक्षे नेपालमा | Khabarhub Khabarhub

श्रीलंकामा अनुराले सत्ता सम्हाल्दै गर्दा पूर्वराष्ट्रपति राजापाक्षे नेपालमा

दुई वर्षअघि देशबाट भागेर पुगेका थिए थाइल्यान्ड


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै गर्दा श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे भने नेपाल आइपुगेका छन् ।

कोलम्बोमा सन् २०१९ को चुनावमा ३ प्रतिशत मात्रै मत पाएका दिसानायकेले यस पटक बहुमतसहित सत्ताको नेतृत्व लिँदै गर्दा २ वर्षअघि देश छाडेर भागेका राजापापक्षे भने भुटानी राजधानी थिम्पु हुँदै काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंमा राजापाक्षेलाई डलर अर्बपति विनोद चौधरी समूहले मेजमानी गरिरहेको छ । उनी सोमबार बिहान काठमाडौं उत्रिएपछि झम्सिखेलस्थित मिभान्ता होटलमा बसेका छन् ।

७५ वर्षीय राजपक्षे र उनकी श्रीमती सोमाबर बिहान ड्रुक एअरको उडान नम्बर केबी ४०० उडानबाटछ काठमाडौंमा अवतरण गरेका हुन्।

भिभान्तामा दुई दिन बसेपछि उनीहरू बुधबार भरतपुर जाने कार्यक्रम छ । त्यहाँ तीन दिन चितवन घुमेर उनीहरू लुम्बिनीसमेत पुगेपछि आगामी आइतबार काठमाडौं फर्किने छन् ।

दुई वर्षअघि श्रीलंकामा आर्थिक संकट हुँदा राजपाक्षे सैनिक विमानमा देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँबाट पनि उी भागेर सिंगापुर हुँदै थाइल्याण्डमा बसेका थिए । देश टाट पल्टिने बिन्दुमा पुग्दा जनताको आक्रोशपछि सत्ताबाट उनले हात धोएका थिए ।

उनलाई त्यसबेला सैनिक विमानमा श्रीमती र दुईजना सुरक्षा गार्डसहित देशबाट बाहिर पठाइएको थियो । त्यसबेला उनले थाइल्यान्डबाटै प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई कार्यवाहक राष्ट्रपति बनाएका थिए ।

नेपाली व्यवसायी विनोद चौधरीको श्रीलंकामा होटल र बैंकमा लगानी छ । उनले दक्षिण एसियाका भारत, श्रीलंका, माल्दिभ्ससहितका कयौँ देशमा लगानी गरेका छन् ।

अनुराले लिए शपथ

भगौडा पूर्वराष्ट्रपतिले नेपाल टेकिरहँदा श्रीलंकामा भने नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् ।

नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ वर्षीय दिसानायाकले सोमबार पद तथा गोपनीयताका हुन् । दिसानायाके श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपति भएका छन् ।

शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसैकारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भए ।

कम्युनिस्ट नेता दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।

सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन्। देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ ।

यद्यपि, प्रहरीले ‘सार्वजनिक सुरक्षा’ लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गरेको थियो । यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याइयो ।

श्रीलंकामा दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको थियो ।

तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको थियो । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए । राजापाक्षेले राष्ट्रपति पद सुम्पिएका उनै रनिल पनि अब पराजित भएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ५३ बजे

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

राजविराज– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक