पोखराका दुई दृश्य : एकातिर रविको पक्षमा नाराबाजी, अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन « Khabarhub

पोखराका दुई दृश्य : एकातिर रविको पक्षमा नाराबाजी, अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिए ।

यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् ।

पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी छ ।

सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको छ । पोस्टर र पम्प्लेटसहित जम्मा भएको उक्त समूहले रविलाई फसाउन लागिएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।

रास्वपाका कार्यकर्तासहित केही दर्जनको संख्यामा रहेकाहरूले षडयन्त्र गरेर फसाउन लागेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

रविका समर्थकहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फाशिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई फसाउन खोजिए आफूहरू प्रतिरोधमा उत्रिने उनीहरूको भनाइ छ ।

अर्कातिर सहकारी प्रकरणमा दोषी देखिइसकेको भन्दै रविलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी संस्थाका पीडित बचकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पीडितहरूले ‘रवि लामिछानेलाई पक्राउ गर्’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर’, ‘हाम्रो रकम फिर्ता गर्’ जस्ता नारा लगाए ।

सहकारीका बचतकर्ताको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालयको गेटसँगै उभिएर नाराबाजी गरेका छन् ।

पीडितहरूले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् । गोर्खा मिडियाका संस्थापक एवम् सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परिसकेका छन् ।

उनलाई आइतबार नै बुद्ध एयरको जहाजबाट पोखरा लगेर म्याद थपिँदै छ । उनी गितेन्द्रबाबु राई (जीबी) र रविका साझेदार हुन् । सहकारी छानबिन संसदीय समितिले यस प्रकरणमा छविलाई जस्तै रविलाई पनि दोषी देखाएको छ । तर रविले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ता उतारेर आफूलाई पक्राउबाट जोगाएका छन् ।

यसअघि रविको संलग्नतामा सहकारीको करोडौं रकम अपचलन गरिएको दाबीसहित सूर्यदर्शनका पीडितले २०८० माघ २२ गते जाहेरी दिएका थिए । त्यसबेला रविसहित गोर्खा मिडियासहित विभिन्न १८ सञ्चालक र सदस्य तथा संस्थालाई पनि विपक्षी बनाएर दिएको जाहेरीका आधारमा अहिले अनुसन्धान अघि बढेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ३४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज