भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै « Khabarhub

भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवम् कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए । समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।

घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने बताए । तर सोमबारको बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको उनले बताएका छन् ।

भट्टराईले राजदूत नियुक्तिका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध गराउन नसकेपछि समितिले यसअघि सोमबारसम्म प्रमाणपत्र बुझाउने समय दिएको थियो ।

तर उनले सोमबार पनि उक्त प्रमाणपत्र सोमबार पनि उपलब्ध गराउन सकेनन्। प्रमाणपत्र नआएपछि समितिको बैठक मंगलबार बिहान बसेर उनको नाम राजदूतमा अस्वीकृत गर्न लागिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : ४९ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको