भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै « Khabarhub

भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवम् कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए । समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।

घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने बताए । तर सोमबारको बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको उनले बताएका छन् ।

भट्टराईले राजदूत नियुक्तिका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध गराउन नसकेपछि समितिले यसअघि सोमबारसम्म प्रमाणपत्र बुझाउने समय दिएको थियो ।

तर उनले सोमबार पनि उक्त प्रमाणपत्र सोमबार पनि उपलब्ध गराउन सकेनन्। प्रमाणपत्र नआएपछि समितिको बैठक मंगलबार बिहान बसेर उनको नाम राजदूतमा अस्वीकृत गर्न लागिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै