राजनीति

‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’

By खबरहब

September 23, 2024

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरू मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका हुन् ।

उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरू चल्न नसक्दा अस्थिरता अन्त्य हुन नसकेको धारणा राखे ।

 रावलले केन्द्रमा सरकार फेरबदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसँग काम गर्न नसकेको जिकिर गरे । उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पीडितलाई ठगी गर्नेबाट असुलउपर गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसंग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।