समाचार

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी

By खबरहब

September 23, 2024

काठमाडौं– नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरू माग गरेको छ । 

कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरू माग गरेको हो । अत्तरखेलस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरूमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । 

यस्तै, दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ । यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जन समेत माग गरेको छ । 

इच्छुक उम्मेदवारले इमेलमार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तर्वार्तामा सहभागी हुन पाउने छन् । १५ असोजभित्र आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ ।