प्रचण्डको तर्क- नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो « Khabarhub

प्रचण्डको तर्क- नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले नै दुई दलीयतिर जान खोज्ने कोशिशलाई अधिनायकवादको संज्ञा दिएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा थ्रेस होल्ड बढाएर दुई दलीयतिर जाने नेपाली कांग्रेस र एमालेको कोशिशबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुई दलीय र थ्रेस होल्डबारे अहिले केही नेताहरू बोल्न थाल्नु भएको छ । उहाँहरूले संविधानअनुसार नै बोल्नु भएको हो या कसरी, थाहा भएन । तर, नेपालमा दुई दलीय भनेको अधिनायकवादतिरको यात्रा हो’, उनले भने, ‘बहुदलीयता हाम्रो संविधानको आधारभूत विशेषता हो, दुई दलीय होइन । हाम्रो संविधानमा समानुपातिक र समावेशी कुरा पनि छन् । ती हाम्रो संघर्षका उपलब्धि हुन्। बरु हामीले संविधानको सर्वस्वीकार्यताको बाटोमा जानु पर्छ ।’

पछिल्लो समय खासगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितले दुई दलीयको वकालत गर्दै आएका छन् ।

गत असार १७ गते कांग्रेस र एमालेले गरेको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरा राखिएको छ ।

दुई ठूला दलले हाल कायम ३ प्रतिशतको थ्रेस होल्ड बढाएर १० प्रतिशत पुर्‍याउँदा साना दलहरू सकिने चिन्ता भइरहेका बेला प्रचण्डले अधिनायकवादको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ३५ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने