छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | Khabarhub Khabarhub

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अग्रण अनुमति दिएको हो ।

जोशीलाई आइतबार काठमाडौँमा पक्राउ गरेर राती पोखरा ल्याइएको थियो । जोशी विदेश जाने तयारी गरेको सूचनाको आधारमा जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित गोरखा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछानेलाई नाम किटान गरेर कारबाही गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ४० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास