‘संविधान पुनरावलोकन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’ « Khabarhub

‘संविधान पुनरावलोकन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले राम्रोसँग कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अझै पनि संविधान कार्यान्वयनमा समस्या यथावत छन् । संविधानले दिएका हक उपभोग गर्ने कुरामा समस्या छन्। संविधानबारे खुल्ला बहसका लागि सबै तयार देखिनु भएको छ । तर पहिले त राम्ररी कार्यान्वयन हुनुपर्छ’, उनले भने, ‘संविधान कार्यान्वयनमा समस्या देखिँदा संघीयतामा पनि विरोधाभाष देखिएको छ । विरोधाभाषपूर्ण चरित्रले संघीयता कार्यान्वयनमा समेत प्रश्न उठेको छ। जनताले संघीयताबारेमै प्रश्न उठाउन थालेका छन् ।’

उनले यो संविधानमा समावेशिता सबैभन्दा महत्त्वपूर्ण कुरा भए पनि पुनर्परिभाषाको आवश्यकता भएको बताए ।

‘यो संविधानमा समावेशिता सबैभन्दा महत्वपूर्ण मूल्य हो । तर हामीले समावेशितालाई पुनर्परिभाषित गर्नुपर्छ’, उनले भने, ‘परम्परागत र ऐतिहासिक रुपमा पछि पारेकालाई विशेष अवसर दिन समावेशिता ल्याइएको हो । तर परम्परागत रुपमा रहेका लाभग्राहीहरूले त्यसको अंश लिए, फाइदा उठाए ।’

पूर्वप्रधानन्यायाधीश श्रष्ठले समावेशिताको उद्धेश्य समृद्धि हुनुपर्नेमा जोड दिएका छन् । ‘यसलाई संविधानको पुनरवालोकनबाट मिलाउनुपर्छ । संविधान हुबहु कार्यान्वयन हुनुपर्छ । तर हामीसँग कानुन व्यवस्थामा समान व्यवहार र सबैलाई सम्मानको अवस्था छैन । कानुन मान्ने संस्कृति नभएसम्म ‘रुल अफ ल’ विकसित हुँदैन ।’

श्रेष्ठले संविधान पुनरावलोकनमा जाँदा सबैबीच सहमतिको वातावरण चाहिने बताए । उनले हारजितको वातावरण बनाएर संविधान पुनरावलोकन हुन नसक्ने पनि बताए ।

‘हारजितको वातावरणबाट संविधान पुनरावलोकन हुँदैन । त्यसका लागि सहमतिको सरकार चाहिन्छ’, उनले भने, ‘संविधान संशोधनमा जाने हो भने सबैबीच सहमति बनाउन सक्नुपर्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५८ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।