‘संविधान पुनरावलोकन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’ « Khabarhub

‘संविधान पुनरावलोकन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले राम्रोसँग कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अझै पनि संविधान कार्यान्वयनमा समस्या यथावत छन् । संविधानले दिएका हक उपभोग गर्ने कुरामा समस्या छन्। संविधानबारे खुल्ला बहसका लागि सबै तयार देखिनु भएको छ । तर पहिले त राम्ररी कार्यान्वयन हुनुपर्छ’, उनले भने, ‘संविधान कार्यान्वयनमा समस्या देखिँदा संघीयतामा पनि विरोधाभाष देखिएको छ । विरोधाभाषपूर्ण चरित्रले संघीयता कार्यान्वयनमा समेत प्रश्न उठेको छ। जनताले संघीयताबारेमै प्रश्न उठाउन थालेका छन् ।’

उनले यो संविधानमा समावेशिता सबैभन्दा महत्त्वपूर्ण कुरा भए पनि पुनर्परिभाषाको आवश्यकता भएको बताए ।

‘यो संविधानमा समावेशिता सबैभन्दा महत्वपूर्ण मूल्य हो । तर हामीले समावेशितालाई पुनर्परिभाषित गर्नुपर्छ’, उनले भने, ‘परम्परागत र ऐतिहासिक रुपमा पछि पारेकालाई विशेष अवसर दिन समावेशिता ल्याइएको हो । तर परम्परागत रुपमा रहेका लाभग्राहीहरूले त्यसको अंश लिए, फाइदा उठाए ।’

पूर्वप्रधानन्यायाधीश श्रष्ठले समावेशिताको उद्धेश्य समृद्धि हुनुपर्नेमा जोड दिएका छन् । ‘यसलाई संविधानको पुनरवालोकनबाट मिलाउनुपर्छ । संविधान हुबहु कार्यान्वयन हुनुपर्छ । तर हामीसँग कानुन व्यवस्थामा समान व्यवहार र सबैलाई सम्मानको अवस्था छैन । कानुन मान्ने संस्कृति नभएसम्म ‘रुल अफ ल’ विकसित हुँदैन ।’

श्रेष्ठले संविधान पुनरावलोकनमा जाँदा सबैबीच सहमतिको वातावरण चाहिने बताए । उनले हारजितको वातावरण बनाएर संविधान पुनरावलोकन हुन नसक्ने पनि बताए ।

‘हारजितको वातावरणबाट संविधान पुनरावलोकन हुँदैन । त्यसका लागि सहमतिको सरकार चाहिन्छ’, उनले भने, ‘संविधान संशोधनमा जाने हो भने सबैबीच सहमति बनाउन सक्नुपर्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५८ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि