पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना « Khabarhub

पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकास गर्न भारतसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ ।

ब्राजिलको नौसेनाका कमाण्डर एडमिरल मार्कोस साम्पाइयो ओल्सनले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकासमा भारतले प्राविधिक तथा प्रशिक्षणात्मक सहयोगको अपेक्षा गरिएको बताएका हुन् ।

हालै दिएको एउटा अन्तरवार्ताका क्रममा एडमिरल मार्कोसले आफ्नो मुलुकमा युरेनियमको ठूलो भण्डार रहेको उल्लेख गर्दै भारतसँग सहकार्य गर्न इच्छुक रहेको बताए । आणविक पनडुब्बीको क्षेत्रमा जानकारी आदान प्रदान, संयुक्त अनुसन्धान र आणविक ऊर्जामार्फत गति शक्ति उत्पन्न गराउने प्रणालीको विकासमा दुई मुलुकबीच सहकार्य हुनसक्ने उनको भनाइ छ ।

भारतको रक्षा पोर्टल इण्डिया डिफेन्स रिसर्च विङका अनुसार हाल ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने आफ्नो पहिलो पनडुब्बीको विकास गरिरहेको छ । अल्भारो अल्बेर्टो नाम दिइएको उक्त पनडुब्बीको निर्माण सन् २०२९ सम्म सम्पन्न भइसक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ५७ बजे

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।