अहिलेको संविधान प्रचण्डको हो, यसलाई नेपालको बनाउन बाँकी छ : रवीन्द्र मिश्र « Khabarhub

अहिलेको संविधान प्रचण्डको हो, यसलाई नेपालको बनाउन बाँकी छ : रवीन्द्र मिश्र


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संविधान भएको टिप्पणी गरेका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत् गरिएको छ,’ मिश्रले भने, ‘अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले संविधान आफूहरूले बनाएको भनेर हात उठाए पनि संविधान निर्माणमा सबै सहायक भूमिकामा र केन्द्रमा प्रचण्ड नै रहेको बताए ।

सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष नेपालको राजनीति माओवादी अध्यक्ष प्रचण्डकै वरिपरि घुमिराखेको बताए ।

‘पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । र, जब उहाँ मूलधारको राजनीतिमा आउनुभयो १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ,’ उनले भने, ‘३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ । सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ ।’

संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सही दिशामा ल्याउन नसकिने मिश्रको भनाइ थियो ।

‘तपाईंको कोटमा एक, दुई ठाउँमा प्वाल पर्‍यो भने सिलाउन सकिन्छ । तर, जताततैबाट च्यातियो भने सकिदैँन्,’ उनले भने, ‘त्यसैगरि यो संविधानको अब हाँगा–हाँगा र पातको उपचार खोजेर, यो संविधानले यो देशलाई सही दिशामा ल्याउन सकिदैँन् । यो संविधानलाई टालटुल गरेर हुँदैन ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : १७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष