संविधान संशोधन गर्दा राजनीतिक शक्ति बाँडफाँटबारे बुझौँ : एनपी साउद « Khabarhub

संविधान संशोधन गर्दा राजनीतिक शक्ति बाँडफाँटबारे बुझौँ : एनपी साउद


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका क्रममा राजनीतिक शक्तिको बाँडफाँडको अवस्थाबारे बुझ्न जरुरी रहेको बताएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम यस्तो बताएका हुन् ।

‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशील दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाँडफाँड कसरी भएको छ, यो एउटा महत्वपूर्ण कुरा छ,’ नेता साउदले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा हामीले राजनीतिक शक्ति कसरी बाँडफाँड गरेको छौँ र बाँडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसाबले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण हो ।’

पूर्वपरराष्ट्रमन्त्री साउदले तीन तहको सरकार बनाएर पनि विकास खर्च न्यून अवस्थामा रहेको बताउँदै राज्यको साधारण खर्च धेरै बढेकाले चुस्त, दुरुस्त र व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : २८ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन