ओस्करमा ‘लापत्ता लेडिज’ले भारतको प्रतिनिधित्व गर्ने « Khabarhub

ओस्करमा ‘लापत्ता लेडिज’ले भारतको प्रतिनिधित्व गर्ने


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५ को ओस्कार अवार्डका लागि फिल्म ‘लापत्ता लेडिज’ले  भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डयाले सोमबार २९ फिल्मको सूचीबाट ‘लापत्ता लेडिज’ ओस्करका लागि पठाउने निर्णय सार्वजनिक गरेको हो ।

किरण रावको निर्देशन रहेको यो फिल्म गत मार्चमा प्रदर्शनमा आएको थियो । भारु ५ करोडको लगानीमा बनेको यो फिल्मले समालोचक र दर्शक सकारात्मक प्रतिक्रिया पाएको थियो ।

फिल्मको ब्यापार भने मध्यम थियो । भारतीय मिडियाहरूकाअनुसार यस फिल्मले घरेलु र विदेशसमा २५ करोड भारु व्यापार गरेको छ ।

सोसल कमेडी ड्रामामा आधारित यस फिल्मले समाजमा महिलाको पहिचानको मुद्दा उठान गरेको छ ।

भारतीय मिडियाका अनुसार ‘एनिमल’, ‘अत्तम’ जस्ता फिल्मलाईपछि पार्दै ‘लापत्ता लेडिज’ ओस्कारका लागि चयन भएको हो ।

यस फिल्ममा नितांशी गोयल, प्रतिभा रत्न, स्पर्श श्रीवास्तव, छाया कदम, रवि किशन लगायतको अभिनय छ ।

लापत्ता लेडिज’को निर्माता अमिर खान हुन् । उनी निर्माता रहेको तीन फिल्म ‘लगान’, ‘तारे जमिन पर’ र ‘पिप्ली लाइभ’ यसअघि भारतको प्रतिनिधित्व गरेरे ओस्करमा पठाइएको थियो । उनका तीनै फिल्म ओस्कर अवार्ड जित्न असफल रहे ।

अमिर खानले चौथो पटक पनि अवसर पाएका छन् । तर, यस फिल्ममा भने उनको अभिनय छैन ।अब ‘लापत्ता लेडिज’ को ओस्कारको यात्रा कहाँसम्म पुग्छ ? भारतीय फिल्मप्रेमीका लागि चासोको विषय बनेको छ ।

रवि किशनले भने ‘जीवनको ठूलो क्षण’

फिल्मका अभिनेता रवि किशनले ‘लापत्ता लेडिज’ ओस्कारका लागि चयन भएको खुसी व्यक्त गरेको छन् । उनले यो घटना आफ्नो जीवनको विशेषमध्येको एक भएको बताए ।

उनले भारतीय मिडिया आजतकसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लागि यो सपना साकार भएको क्षण हो । यो सबैभन्दा ठूलो सम्मान हो । मैले कहिल्यै सोचेकी थिइनँ । यो मेरो जीवनको सबैभन्दा राम्रो र सबैभन्दा ठूलो खबर हो ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ४२ बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद