ब्रेकिङ स्टोरी

धनुषा प्रहरीको हिरासतबाट भागेका सातजना थुनुवा पक्राउ

By खबरहब

September 23, 2024

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका ९ जना थुनुवाहरुमध्ये ७ जना थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल ,अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १-का १७ वर्षीय सुमित मेस्तर , धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय बिक्की कार्कीलाई पक्राउ गरिएको छ् ।

राति नै भेन्टिलेसन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । फरार थुनुवामध्ये २ जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

नगराइन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल र औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया अझै फरार छन् ।