राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ : कार्यवाहक अध्यक्ष पोखरेल | Khabarhub Khabarhub

राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ : कार्यवाहक अध्यक्ष पोखरेल


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने बताए। 

उनले भने, ‘अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ । एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ ।’

एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने उनको भनाइ थियो । 

यसैबीच उनले नेपालमा कांग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गरे। अप्ठ्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिष्पर्धा हुने गरेको विचार व्यक्त गरे ।

‘अहिले संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर अहिलेको समीकरण बनेको हो’, नेता पोखरेलले भने, ‘अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौँ भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौँ । यो हाम्रो क्लियर धारणा छ ।’ 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : २४ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्