छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक « Khabarhub

छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरमा नवनायक सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजरमा अधवैशे पुरुषले एक रहस्यमय बाकसको रक्षा गर्न खोजिरहेका छन् । सो वाकसबाट निस्किएको प्रकाशले नायक पोखरेल अचम्मित देखिन्छन् ।

निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश पौराणिक वस्तुको प्रतीक हो । टिजरमा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारलाई देख्न सकिन्छ।

पौराणिक एक्सन थ्रिलर शैलीको यो फिल्मको छायांकन आगामी फागुनबाट सुरु गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

यो फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् ।

फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य यो फिल्म निर्माण गर्न लागेको हो ।

फिल्मका निर्माता कुमार भास्कर र एसोसियट निर्माता आशिष पुडासैनी हुन् । कार्यकारी निर्माताको जिम्मेवारीमा विकाश भण्डारी छन् ।

हेर्नुहोस् टिजर 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ०० बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३