गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत « Khabarhub

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’ एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पर्वतलाई आठ विकेटले पराजित गर्दै कास्कीले विजयी सुरुआत गरेको छ ।

खेलमा टस जितेर ब्याटिङ रोजेको पर्वतले २८ ओभरको पाचाँै बलमा सबै विकेट गुमाएर ६८ रनमात्र बनायो । जितका लागि ६९ रनको लक्ष्य पछ्याएको कास्कीले १२ ओभरको पाँचौँ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।

पर्वतका लागि किरण पौडेलले सर्वाधिक २९ रन बनाउँदा ओपनर ‘ब्याट्सम्यान’ सन्देश खड्का र अभिराज पटेलले समान ११ रनको योगदान दिए ।

‘प्लेयर अफ दी म्याच’समेत घोषित कास्कीका नितेश गिरीले घातक बलिङ गर्दै नौ ओभरमा छ मेडन राख्दै १० रन खर्चिएर तीन विकेट लिए । विमोचन सापकोटाले सात बलिङमा २७ रन दिएर तीन विकेट लिए ।

कास्कीका शक्ति कुंवरले ३३ बलमा नटआउट रहँदै २३ रन बनाए । सिव्रिन श्रेष्ठले सात तथा रोहित चन्दले ११ रन बनाए ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित आगामी असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

उहाँका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५