समाचार

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

By खबरहब

September 23, 2024

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाका बीच कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि आइतबार सहकारी ठगी प्रकरणमा प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेका थियो । उनको पक्राउपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि पक्राउ पर्ने सक्ने चर्चा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन अमेरिका गएका कारण सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।