एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने | Khabarhub Khabarhub

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख कार्यकारीले अस्ट्रेलियाको ब्रिसबेनमा आफ्नो सेवा विस्तार गर्ने बताएका छन् ।

ब्रिसबेनमा आयोजित हवाइ उद्योगका प्रतिनिधिको सम्मेलनका क्रममा एअर इण्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विलसनले आफ्नो कम्पनी चाँडै नै विश्वस्तरीय हुने दाबी गरे ।

दुई वर्षअघि निजीकरण भएसँगै एअर इण्डियाले कीर्तिमानी ४ सय ७० वटा नयाँ जहाज खरिद गर्ने तयारी गरेको छ ।

ब्रिसबेनमा एअर इण्डियाको हवाइ सेवा विस्तार ती जहाजको आपूर्ति हुने समयले निर्धारण गर्ने द अस्ट्रेलिया टुडेले जनाएको छ । पछिल्लो समय कम्पनीले दिने सेवा र सेवाग्राहीको अनुभवलाई पनि परिष्कृत गर्दै लगेको क्याम्पबेलको भनाइ छ ।

हाल भारत र ब्रिसबेनबीच प्रत्यक्ष हवाइ सम्पर्क छैन । तर, एअर इण्डियाले ब्रिसबेनमा उडान विस्तार गरे त्यहाँको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्विन्सल्याण्डका पर्यटनमन्त्री माइकल हेलेले भारत राज्यको आठौँ ठूलो पर्यटन बजार रहेको जानकारी दिँदै भारतमा मध्यमवर्गको विस्तारसँगै भारतीय पर्यटकको आगमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ३९ बजे

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले