अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको बचाउमा ह्यारिस « Khabarhub

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको बचाउमा ह्यारिस


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकका डोनाल्ड ट्रम्प र डेमोक्र्याट कमला ह्यारिस सञ्चार माध्यममा प्रस्तुत हुनेक्रम जारी छ।

उपराष्ट्रपति कमला ह्यारिसले केही समय अघि एनबिसी न्युजमा दिएको अन्तरवार्तामा पदावधिको अन्तिम समयमा पुगेका राष्ट्रपति जो बाइडेनको वकालत गरेकी छिन्। गत जुनमा भएको एक बहसमा बाइडेनको प्रस्तुति कमजोर भएपछि डेमोक्र्याटको चुनावी अभियानमा नै धक्का लागेको थियो।

त्यसपछि नै जुलाई महिनामा बाइडेनले उम्मेदवारी त्यागेका थिए। सोही कारणले ह्यारिसको उम्मेदवारीको बाटो खुलेको थियो। ह्यारिसले जुन महिनाको बहसमा बाइडेनलाई मात्र एकोहरो दबाब दिइएका कारण सो अवस्था आएको जिकिर गरेकी छिन्।

गर्भपतन सम्बन्धी कानुनमा ह्यारिसको धारणा यथावतै कायम छ। उनले समलिङ्गी कैदीको कानुनको विषयमा पनि आफ्नो धारणा प्रस्ट राखेकी छिन्।

ह्यारिसले हरेक व्यक्ति स्वाभिमानपूर्वक बाच्न पाउनुपर्ने अधिकार रहेकोमा जोड दिएकी छिन्। साथै उनले डोनाल्ड ट्रम्पले सन् २०२० मा जस्तै जित हात पारेको घोषणा गर्ने सम्भावना रहेको आशंका गरेकी छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : १९ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका