अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको बचाउमा ह्यारिस « Khabarhub

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको बचाउमा ह्यारिस


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकका डोनाल्ड ट्रम्प र डेमोक्र्याट कमला ह्यारिस सञ्चार माध्यममा प्रस्तुत हुनेक्रम जारी छ।

उपराष्ट्रपति कमला ह्यारिसले केही समय अघि एनबिसी न्युजमा दिएको अन्तरवार्तामा पदावधिको अन्तिम समयमा पुगेका राष्ट्रपति जो बाइडेनको वकालत गरेकी छिन्। गत जुनमा भएको एक बहसमा बाइडेनको प्रस्तुति कमजोर भएपछि डेमोक्र्याटको चुनावी अभियानमा नै धक्का लागेको थियो।

त्यसपछि नै जुलाई महिनामा बाइडेनले उम्मेदवारी त्यागेका थिए। सोही कारणले ह्यारिसको उम्मेदवारीको बाटो खुलेको थियो। ह्यारिसले जुन महिनाको बहसमा बाइडेनलाई मात्र एकोहरो दबाब दिइएका कारण सो अवस्था आएको जिकिर गरेकी छिन्।

गर्भपतन सम्बन्धी कानुनमा ह्यारिसको धारणा यथावतै कायम छ। उनले समलिङ्गी कैदीको कानुनको विषयमा पनि आफ्नो धारणा प्रस्ट राखेकी छिन्।

ह्यारिसले हरेक व्यक्ति स्वाभिमानपूर्वक बाच्न पाउनुपर्ने अधिकार रहेकोमा जोड दिएकी छिन्। साथै उनले डोनाल्ड ट्रम्पले सन् २०२० मा जस्तै जित हात पारेको घोषणा गर्ने सम्भावना रहेको आशंका गरेकी छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : १९ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं