बाटो खुलेको २५ वर्षपछि कालोपत्र | Khabarhub Khabarhub

बाटो खुलेको २५ वर्षपछि कालोपत्र


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ ।

बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो ।

बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०–८१ मा एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र ६ सय मिटर पर्खाल निर्माण भएको छ ।

यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ३२ बजे

ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाले चेतावनी

स्लोभाकिया – रुसको ग्यास आपूर्तिका कारण सम्बन्ध बिग्रिएपछि स्लोभियाका प्रधानमन्त्री

बझाङमा अर्को जिप दुर्घटना, चालकको मृत्यु

चैनपुर – मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको

सूर्योदयका किसानलाई चिया काट्न चटारो

इलाम– चिया उत्पादनको उर्वर भूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न

गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी– एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी