सत्तारुढ दलको निष्कर्ष- रवि प्रकरणमा रास्वपाले सडकबाट अदालतलाई धम्क्यायो « Khabarhub

सत्तारुढ दलको निष्कर्ष- रवि प्रकरणमा रास्वपाले सडकबाट अदालतलाई धम्क्यायो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार दलहरूले सडकमा भीड जम्मा गरेर सहकारी ठगी प्रकरणको छानबिन प्रक्रियालाई प्रभावित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधि लोकतान्त्रिक दृष्टिकोणले उचित नभएको निष्कर्ष निकालेका छन् ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा बुधबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले पोखरामा गरिरहेको आन्दोलन उचित नभएको निष्कर्ष निकालेको हो ।

‘स्वाभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि र प्रक्रिया हुन्छ । त्यसअर्थमा छानबिन प्रक्रिया अगाडि बढिरहेका बेला सडकमा भीड जम्मा अदालतलाई प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित कुरा होइन,’ बैठकमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने ।

उनले संसद्ले नै छानबिनका लागि निर्देशन दिएको अवस्थामा सहकारी ठगी प्रकरणको प्रक्रिया अगाडि बढेको विषयलाई रास्वपाले सहज रूपमा लिनुपर्ने पनि बताए ।

‘फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन,’ पोखरेलले भने, ‘संसद्ले नै छानबिनका लागि निर्देशन दिएको अवस्थामा छानबिनका लागि प्रक्रिया अगाडि बढेको कुरालाई सहज रूपमा लिनुपर्दछ ।’

उनले रास्वपा सभापति लामिछाने पक्राउ प्रकरणलाई लिएर फौजदारी अभियोगको छानबिन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने पनि बताए।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : २२ बजे

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने

काठमाडौं– सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जिम्मेवारी सम्हाल्दै आर्थिक

अस्पतालमा प्रतिबन्ध र महँगीले औषधि प्रतिनिधि प्रभावित, सुविधा वृद्धि गर्न माग

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौंले औषधि प्रतिनिधिहरू

लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र