कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु | Khabarhub Khabarhub

कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएमएसमार्फत धम्की दिई पैसा मागेको अभियोगमा सिन्धुपाल्चोकको ज्यामिरे गाविस-८ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

ती युवकले चिनियाँ नागरिकले सञ्चालन गरेको सिशुआन याङ टेक्स्टाइल प्रालिका म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको खुलेको छ ।

उक्त कम्पनीमा मजदुरका रुपमा कार्यरत उनले रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाइदिने धम्की दिएको उजुरी परेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित कम्पनी परिसरबाटै पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा गत असोज २१ गते राति उक्त कम्पनीका मजदुर तामाङले अपरिचित मोबाइल नम्बरबाट पार्टीलाई एक लाख ५० हजार देखि दुई लाख रूपैयाँसम्म सहयोग गर्नु पर्‍यो भनेर म्यासेज गरेका थिए ।

यदि रकम नदिएमा बम बिष्फोट गराई कम्पनीमा क्षति गराउने व्यहोरासहितको धम्कीपूर्ण एसएमएस गरेको पनि प्रहरीले भेट्टाएको छ । तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : १५ बजे

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- ऋणको भार नथप्ने गरी बीआरआई कार्यान्वयनमा लैजाऊँ

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड

चीनको एजेण्डामा भारत–अमेरिका किन मिसाउने ?

चीनको प्रादूर्भावले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई सहयोग गरेको छ ।

२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य

संविधानको मूलभूत विषयमा संशोधन गर्न सकिँदैन : गगन थापा

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे