नारायणकाजीको जवाफ : रविलाई माओवादीले ‘क्लिन चिट’ दिएको छैन | Khabarhub Khabarhub

नारायणकाजीको जवाफ : रविलाई माओवादीले ‘क्लिन चिट’ दिएको छैन


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे ।

आफूहरूले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारबाही हुनुपर्ने बताउँदै उनले सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरूलाई छोड्ने र रविलाई मात्रै कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको जिकिर गरे ।

एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूले आन्दोलनभन्दा खबरदारी कार्यक्रम गरेको जानकारी दिए।

त्यस्तै श्रेष्ठले विपत्तिका बेला सबै राजनैतिक दल मिलेर जनतालाई राहत, उद्धार र पुन:स्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गरे ।

श्रेष्ठले नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउदै तत्काल भने मिल्ने अवस्था नरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : २२ बजे

डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते

डोटी– डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

सर्लाही– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्वाचित

काठमाडौं– नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्विरोध

आज अन्तर्राष्ट्रिय ज्याज सङ्गीत दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै छ । विभिन्न वाद्ययन्त्रहरूको

महिला तथा सामाजिक मामिलासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ