अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत « Khabarhub

अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मुम्बई उच्च अदालत (बाम्बे हाई कोर्ट)ले अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत दिएको छ । २३ वर्ष पुरानो मुद्दामा उच्च अदालतले छोटा राजनलाई जमानत दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सन् २००१ मा होटल व्यवसायी जया शेट्टीको हत्या आरोपमा छोटा राजनलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी अहिले पत्रकार ‘जे डे’ (ज्योतिर्मय)को हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका छन् । 

सोही कारण अदालतले जमानत दिए पनि उनी जेलबाट छुट्ने सम्भावना सहज नभएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । उनलाई पत्रकार ‘जे डे’ को हत्या अभियोगमा अदालतले जन्मकैद तोकेको छ । 

मुम्बईको एक विशेष अदालतले सन् २००१ मा पत्रकार जे डेको हत्या मामिलामा मुख्य अभियुक्त छोटा राजनसमेत नौ जना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको थियो । 

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा वरिष्ठ क्राइम रिपोर्टर थिए । अखबारका लागि ‘जे डे’ नामबाट समाचार लेख्दै आएका ज्योतिर्मयको मुम्बईस्थित उपनगर पवईमा सनु २०११ जुन ११ मा गोली हानेर हत्या गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : २० बजे

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम