सय दिनमा पनि सार्वजनिक भएन ओली क्याबिनेटका सदस्यको सम्पत्ति « Khabarhub

सय दिनमा पनि सार्वजनिक भएन ओली क्याबिनेटका सदस्यको सम्पत्ति


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सय दिन पुगिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था नभए पनि परदर्शिता र जवाफदेहिताका दृष्टिकोणबाट यसअघि सार्वजनिक गर्ने अभ्यास थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ‘ओपीएमसीएम डट जीओभी डट एनपी’मा ओली नेतृत्वको सरकार सबै सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख भए पनि सार्वजनिक गरिएको छैन ।

सार्वजनिक पद धारण गरेको व्यक्ति जवाफदेही र परदर्शी हुनुपर्ने मान्यताअनुसार प्रधानमन्त्री र मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । तथापि, अख्तियार अनुसन्धान आयोग ऐनले सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र तयसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने’ व्यवस्था उल्लेख छ ।

यसअघि पूर्ववर्ती सरकारका पालामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर आफूसहित मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

यस्तै अघिल्लो कार्यकालमा सत्ताको बागडोर सम्हाल्ने क्रममा प्रधानमन्त्री ओलीले पनि आफूसहित मातहतका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ४९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको