प्रधानमन्त्रीको गुनासो- सरकारले गर्दै नगरेका कमजोरी देखाएर गलत प्रचार गरियो | Khabarhub Khabarhub

प्रधानमन्त्रीको गुनासो- सरकारले गर्दै नगरेका कमजोरी देखाएर गलत प्रचार गरियो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्दै नगरेका कमजोरीलाई पनि भ्रमपूर्ण शैलीमा प्रचार गरिएको गुनासो गरेका छन् ।

बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रहसहित बालुवाटार पुगेको नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरसँग ओलीले यसो भनेका हुन् ।

‘प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारी रुपमा गरिरहेको छ’, ध्यानाकर्षणपत्र बुझेपछि भने, ‘गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको छ । तर हुँदै नभएका कमजोरीलाई देखाएर गलत प्रचार गर्ने शैली देखिन थाल्यो ।’

जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको जनाएको छ।

अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठूला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन पनि टोलीले आग्रह गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता तथा १८ जना उपचाररत रहेको बताए । उनका अनुसार  २१२ भन्दा बढी परिवार विस्थापित भएका छन् । उनले ललितपुरको पुनःनिर्माणका लागि कम्तीमा तीन अर्ब बजेट विनियोजन गर्न माग गरे ।

उक्त अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्यहरू सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ५३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन