प्रधानमन्त्रीको गुनासो- सरकारले गर्दै नगरेका कमजोरी देखाएर गलत प्रचार गरियो « Khabarhub

प्रधानमन्त्रीको गुनासो- सरकारले गर्दै नगरेका कमजोरी देखाएर गलत प्रचार गरियो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्दै नगरेका कमजोरीलाई पनि भ्रमपूर्ण शैलीमा प्रचार गरिएको गुनासो गरेका छन् ।

बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रहसहित बालुवाटार पुगेको नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरसँग ओलीले यसो भनेका हुन् ।

‘प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारी रुपमा गरिरहेको छ’, ध्यानाकर्षणपत्र बुझेपछि भने, ‘गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको छ । तर हुँदै नभएका कमजोरीलाई देखाएर गलत प्रचार गर्ने शैली देखिन थाल्यो ।’

जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको जनाएको छ।

अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठूला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन पनि टोलीले आग्रह गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता तथा १८ जना उपचाररत रहेको बताए । उनका अनुसार  २१२ भन्दा बढी परिवार विस्थापित भएका छन् । उनले ललितपुरको पुनःनिर्माणका लागि कम्तीमा तीन अर्ब बजेट विनियोजन गर्न माग गरे ।

उक्त अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्यहरू सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ५३ बजे

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण