युक्रेनी विदेशमन्त्री अफ्रिका र ओमानको भ्रमणमा « Khabarhub

युक्रेनी विदेशमन्त्री अफ्रिका र ओमानको भ्रमणमा


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गरेका छन् ।

युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले युद्व अन्त्यको विजय योजना सार्वजनिक गरेसँगै नेटोको तत्काल सदस्यताका लागि आह्वान गरेपछि ओमान, एङ्गोला, इजिप्ट र दक्षिण अफ्रिकाको भ्रमण अभियान सुरु भएको हो । 

बुधबारदेखि आगामी सोमबार सम्मलाई तय भएको सिबिगाको भ्रमणले शान्ति सूत्रलाई बढावा दिने, राजनीतिक संवादको विकास गर्ने, युक्रेनका लागि मानवीय तथा ऊर्जा सहयोगलाई सुदृढ पार्ने, व्यापार र आर्थिक सहयोगको विकास गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

गत जुनमा, लगभग ८० वटा देशले जेलेन्स्कीको प्रस्तावीत दश सूत्रीय शान्ति सूत्र लाई समर्थन गरेका थिए । जसमा युक्रेनी क्षेत्रीय अखण्डतालाई सम्मान गर्दै रूसी सेनालाई युक्रेन छोड्न आह्वान गरिएको थियो । युक्रेनले यस एजेन्डालाई समर्थन गर्न थप देशहरूलाई आग्रह गर्दै आएको छ ।

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेदेखि, किभले अफ्रिका र एसियामा मस्कोका परम्परागत सहयोगीहरूसँग कूटनीतिक सम्बन्ध बढाइरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : १६ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२