'बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित'  | Khabarhub Khabarhub

‘बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित’ 


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ । 

घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र दक्षिणी भागहरूमा पहिले नै सम्पन्न भइसकेको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप बुधबार गाजा पट्टीको उत्तरमा सुरु हुने अपेक्षा गरिएको थियो । 

तर डब्ल्यूएचओले उत्तरी गाजामा १ लाख १९ हजार २७९ बालबालिकालाई खोप लगाउने अभियान स्थगित गर्न बाध्य भएको बताएको छ । 

इजरायलले यस महिना हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्ने वाचा गर्दै उत्तरी गाजामा भयानक हवाई र भूमि आक्रमण सुरु गरेको हो ।  

‘बढ्दो हिंसा, तीव्र बमबारी, सामूहिक विस्थापन आदेश, र उत्तरी गाजाको अधिकांश भागमा सुनिश्चित मानवीय विरामको अभावका कारण यो खोप अभियान स्थगित गरिएको थियो’, डब्लुएचओले भन्यो । 

‘नागरिक पूर्वाधारमा चलिरहेको आक्रमणले उत्तरी गाजामा जनताको सुरक्षा र आवागमनलाई खतरामा पार्दै आएको छ, जसले परिवारहरूलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन साथै स्वास्थ्य कार्यकर्ताहरू सञ्चालन गर्न असम्भव बनाएको छ’, यसले बताएको छ ।  

गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो घटना पुष्टि गरेपछि खोप अभियान सुरु भएको हो । 

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’