प्रचण्डसहितका प्रतिपक्षीले राष्ट्रपतिलाई लगाए सरकारविरुद्ध पोल | Khabarhub Khabarhub

प्रचण्डसहितका प्रतिपक्षीले राष्ट्रपतिलाई लगाए सरकारविरुद्ध पोल

अध्यादेशको त्रास, सरकार संविधान र लोकतन्त्रविरुद्ध गएको गुनासो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादी केन्द्रसहित संसद्‍का प्रतिपक्षी दलका नेताहरूले बुधबार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूले भेट पौडेलसँग संवाद गरेका हुन्।

प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताए ।

उनीहरूले राष्ट्रपतिलाई लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनीहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गरे । यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

त्यस असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा उनले विश्वस्त हुन आग्रह गरेका छन् ।

‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कतर्व्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु’, उनले भनेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीलाई भेटेर दल विभाजनसम्बन्धी अध्यादेशसहित विषयमा ज्ञापनपत्र बुझाएका विपक्षीहरूले राष्ट्रपतिलाई भेटेका हुन् ।

उनीहरूले सरकारले ल्याउने तयारी गरेको भनिएको दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपति पौडेलसँग संवाद गर्ने बताएका थिए । तर त्यसबारेमा कुरा भए नभएको दुवै पक्षले खुलाएका छैनन् ।

प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसमा असहमति जनाएका थिए । यस अध्यादेशको सबैभन्दा त्रास नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीमा देखिएको । उसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी फुटाउने हरसम्भव कोसिस भइरहेको बताएका छन् ।

यस्तो अवस्थामा विपक्षी दलका नेताहरूले राष्ट्रपति पौडेलसँग संवाद गरेका हुन् । तत्कालै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा त्यसलाई स्वीकार्न नसकिने सन्देश यसअघि नै विपक्षी दलहरूले दिएका छन् । विपक्षीको दबाबपछि कांग्रेस सभापति देउवा हच्किँदा तत्काललाई यो अध्यादेश आउने सम्भावना न्यून छ ।

संसद्‍मा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ सहभागी थिए ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे सहभागी थिए । उता आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : ३८ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज