झापामा बसको ठक्करबाट दुईको मृत्यु « Khabarhub

झापामा बसको ठक्करबाट दुईको मृत्यु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

झापा । कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए ।

उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : १४ बजे

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ