मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी « Khabarhub

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात गरेकी छिन् । आफ्नो प्रशासनको चिफ अफ स्टाफ चयन गर्दै उनले कामको सुरुवात गरेकी हुन् । उनले हेरी हेरिसनलाई सो जिम्मेवारी दिएकी हुन् ।

डोनाल्ड ट्रम्पले अर्थ मन्त्रीको जिम्मेवारी स्कट बेसेन्टलाई तोकेका छन् । चुनावी अभियानमा उनले ट्रम्पको अर्थनीति तयार गर्न सहयोग गरेका थिए ।

पछिल्लो समाचार अनुसार ट्रम्प एफबिआई निर्देशकका लागि नयाँ व्यक्तिको खोजीका छन् । यसअघि माइक रोजर्सको चर्चा भए पनि ट्रम्पको भित्री समूह भने यसमा पुर्नविचार गर्न आवश्यक ठान्न थालेको छ ।

केही दिन अघि डेपुटी चिफ अफ स्टाफ डान स्काभिनानले ट्रम्पलाई भेटेर रोजर्सको विकल्पका बारे सल्लाह दिएका थिए । अहिलेका एफबिआई निर्देशक क्रिस्टोफर रेको कार्यकाल तीन वर्ष बाँकी रहे पनि ट्रम्प उनलाई हटाउन चाहन्छन् । यसअघि विवादमा रहेका म्याट गेयट्जको मनोनयन सिनेटले अस्वीकार गरेपछि ट्रम्प बाँकी निर्णय गर्न सावधान रहेको जनाइएको छ ।

पछिल्लो समाचार अनुसार ट्रम्पको कोर टिमले कृषि मन्त्रीका लागि कोली लोफरलाई चयन गर्ने सम्भावना बढेको छ । जर्जियाकी पूर्व सिनेटर लाफरले ट्रम्पको चुनावी अभियानमा लाखौँ डलर चन्दा बटुलेकी थिइन् । गएको गृष्म ऋतुमा भएको पहिलो बहसको समयमा नै उनले धेरै चन्दा जम्मा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ६ : ३२ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स